प्रधानमन्त्री बालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमै लागू गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भमा सन्देश जारी गर्दै उनले पीडितको संरक्षण, दोषीलाई कारबाही र न्यायको सुनिश्चिततामा सबै पक्षको सक्रियता आवश्यक रहेको बताए। महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाको बढी जोखिममा रहेको उल्लेख गर्दै उनले डिजिटल माध्यमबाट हुने हिंसा पनि चुनौती बन्दै गएको बताए।
हिंसा अन्त्यका लागि कानुन कार्यान्वयन, सामाजिक चेतना, महिला सशक्तीकरण र तीनै तहका सरकारबीच समन्वयलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।


















