मलाई खरानी बनाउन खोजेका थिए, तर खारिएर आएँ : टोपबहादुर रायमाझी

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी कारागारबाट रिहा भएपछि गृह जिल्ला अर्घाखाँची पुगेका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझी आज गृहजिल्ला पुगेका हुन् । उनी गृहजिल्ला पुग्दा पार्टीका नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

उनले भने, ‘मलाई त अध्ययन गर्न पो पठाएजस्तो भइदियो । मलाई वास्तवमा भन्ने हो भने भट्टीमा हालिएकै हो, खरानी बनाउन खोजेकै हो, तर भट्टीबाट खारिएर स्टिल भएर आएजस्तो मलाई महसुस भएको छ। मलाई त आत्मविश्वास र शक्ति प्रदान भएको छ।’