पेरुमा सैन्य हेलिकप्टर दुर्घटना हुँदा आठ सैनिकको मृत्यु

पेरुमा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा सेनाका आठ जना कर्मचारीको मृत्यु भएको छ । दुर्गम क्षेत्र सनाबाम्बा नजिकै बिहीबार राति हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टर अपुरिम्याक, एने र मन्तारो नदीको उपत्यका ९भीआरएईएम० क्षेत्रमा खसेको थियो । उक्त क्षेत्र लागुऔषध खेती तथा तस्करीका लागि चिनिन्छ।

सेनाको गस्ती टोलीलाई उद्धार गरी बाहिर निकाल्ने अभियानमा खटिएको हेलिकप्टरले दुर्घटनाअघि तीन जना सैनिकको उद्धार गरेको थियो। पेरुको रक्षा मन्त्रालयका अनुसार दुर्घटनामा पाइलट मात्र जीवित रहेका छन्। हेलिकप्टर दुर्घटनाको कारण भने खुल्न सकेको छैन।