नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको हो ।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ११:३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।















