उपनिर्वाचनका लागि प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने भएका छन् । निर्वाचन आयोगले शुक्रबार विज्ञप्तिमार्फत मतदानस्थल र केन्द्र स्वीकृत गरिएको जानकारी दिएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रदेशसभातर्फ बझाङ–१ ‘क’ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहने गरी आयोगले स्वीकृति दिएको जनाए । देशभर कूल १० हजार ८९२ मतदानस्थल स्वीकृत गरिएको शर्माले जानकारी दिए ।
आगामी वैशाख १५ गते रिक्त दुई स्थानका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि भोलि(शनिबार) उमेदवारी दर्ता गराउने कार्यसूची छ । त्यसका लागि दलहरूले उमेदवारको टुंगो लगाइसकेका छन् ।

















