प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाएको संसद् बैठक अझै बस्न नसकेको हो । सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागमा जसपा नेपाल, राप्रपा, लोसपालगायतका दलहरूले समर्थन जनाएका थिए ।
हिजो बसेको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेर कार्यदलसमेत बनेको छ । कार्यदलले आज बिहानदेखि नै प्रारम्भिक छलफल गरिरहेको छ । कार्यदलको बैठक अझै सकिएको छैन ।


















