कैलाश सिरोहिया पक्राउपछि अमेरिकी दूतावासद्वारा प्रेस स्वतन्त्रता सुनिश्चितताबारे टिप्पणी

नेपाल प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ परेको भोलिपल्ट आज बुधबार काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस स्वतन्त्रता सुनिश्चित गर्नेबारे नेपाल सरकार र जनताले संवाद गर्ने जनाएको छ । सामाजिक सञ्जालमार्फत अमेरिकी दूतावासले भनेको छ, ‘कठिन संघर्षपश्चात प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्ने छन् भन्ने आशा हामीले राखेका छौँ ।’

नेपाल अझ परिपूर्ण मुलुक बन्ने दिशामा अघि बढिरहेको जनाउँदै दूतावासले भनेको छ, ‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन् ।’