नागरिकता दुरुपयोगको उजुरीमा कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई काठ्माण्डौबाट मङ्गलवार नियन्त्रणमा लिएर प्रहरीले राति नै धनुषा पुर्याएको थियो। उनलाई धनुषा जिल्ला अदालतले बुधवार म्याद थपका लागि अदालतमा पेस गरेको थियो। सोही दिन अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
सिरोहियाले नागरिकता दुरुपयोग गरेको भन्दै वैशाख तेस्रो साता प्रहरीमा जाहेरी परेको थियो। जाहेरी दिने व्यक्ति गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता भएको विवरण विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्। प्रहरीले सिरोहियालाई उनकै कार्यकक्षबाट पक्राउ गरेको विषयमा मिडिया सम्बद्ध विभिन्न सङ्घसंस्थाले आपत्ति जनाएका छन्।


















