सरकारले ११ बटा देशका राजदुत फिर्ता बोलाए पछि अहिले ती देशमा नयाँ राजदुत पठाउने प्रकृया अगाडी बढाएको छ । बिगतमा राजदुत नियुत्ति,गर्दा सत्तारूढदलहरु बिच भाग बण्डा गर्ने र दलहरुका नेताहरुले आफ्ना मान्छे नियुक्ति गर्ने वा पैसा खाने गरेका समाचार धेरै आउने गरेका थिए । यो पटक पनि राजदुत नियूक्तिमा बिगतमा जस्तै भागबण्डा भयो । सत्तारुढ दलहरुले राजदुतमा भागबण्डा गरेर आफ्ना मान्छे पठाउने तयारी गर्दैछन । तर बिगतमा पुराना दलले गरे फरक भन्दा यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एउटा नयाँ अभ्यासको सुरुवात गरेको छ । रास्वपाले आफ्नो भागमा परेको राजदूतको लागि सार्वजनिक आह्वान गरेर नाम मागेको छ ।त्यसका लागि उसले मापदण्ड नै बनाइसकेको छ ।राजदूत सिफारिससम्बन्धी मापदण्ड बनाउन रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल र सोविता गौतम रहेको समिति बनाएको छ । समितिले काम पनि सुरु गरिसकेको छ ।
कार्यदलले ३५ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने, कालोसूचीमा नपरेको, भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको हुनुपर्ने , कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति पत्र वा सुविधा प्राप्त नगरेको, नियुक्ति हुँदा कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत नरहेको हुनुपर्ने जस्ता छन ।
त्यसै गरी भ्रष्टाचार वा नैतिक पतनदेखि फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, नियुक्त हुने मुलुकमा कुनै प्रकारको हित बाझिने अवस्था नरहेको र लाभको पद धारण नगरेको , विदेशी राष्ट्रले नियुक्त गरेको जिम्मेवारीमा कार्यरत भए अवकाश लिएको १० वर्ष पूरा भएको हुनुपर्ने उल्लेख छ । खास गरि राजदुत बनाउदाँ जो ब्यक्तिमा कूटनीतिक–राजनीतिक क्षमता, छ । त्यस्ता ब्यक्ति जसले अर्थ–राजनीति बुझेका हुन्छन । बिदेशी राष्टसंग सम्बन्ध विस्तार गर्न सक्ने क्षमता राख्दछन नेपालीलाई परेको समस्या समाधान गर्न सक्न कूटनीतिक क्षमता राख्दछन जहाँको राजदुत बन्ने हुन त्यो देशको े भूगोल, नियम कानुन र राजनीतिक व्यवस्थाबारे जानकार ब्यक्ति हुनु पर्ने हन्छ । पुराना दलहरुले यस तर्फ ध्यान दिएको पाईदैन रास्वपाले भने यी मापडण्ड पुरा भएको हुनु पर्ने बताएको छ । त्यसैले यी राम्रा पक्षको अरु पनि सरहना गर्ने कि ।















