छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, ७ भदौ
बैतडी, दोगडाकेदार गाउँपालिका२ कफलकोटमा धनगढीबाट दोगडातर्फ जाँदै गरेको सुपप्र०२,००१ क ०७३४ नम्बरको मिनि ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर बिहीबार बेलुकी दुर्घटना हुँदा मिनि ट्रकमा सवार कञ्चनपुर शुक्लाफाटा नगरपालिका५ झलारी बस्ने ३० वर्षीय जगदिश अवस्थीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मिनि ट्रक चालक र सहचालकको माया मेट्रो अस्पताल धनगढी कैलालीमा उपचार भइरहेको छ ।
सप्तरी, हनुमाननगर कंकालनी नगरपालिका५ जोगनियास्थित सडकमा को३० प ८१०९ नम्बरको मोटरसाइकललाई को१ ख ४०४६ नम्बरको बसले बिहीबार बेलुकी ठक्कर दिदाँ मोटरसाइकल चालक सोही नगरपालिका७ बस्ने २० वर्षीय धुरूप मण्डलको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिहं अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की, पोखरा महानगरपालिका८ सृजनाचोकमा सभागृहचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग।२१ प ५४५० नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक पर्वत पैयू गाउँपालिका७ बस्ने ३० वर्षीय सुसान गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
कपिलवस्तु, शिवराज नगरपालिका१ दोबाटोस्थित सडकमा ना६ ख ४३७ नम्बरको ट्रक गएराति दुर्घटना हुँदा सहचालक रूपन्देही गैडहवा गाउँपालिका५ बर्गदहवा बस्ने २५ वर्षीय कल्लु यादवको मृत्यु भएको छ । दुर्घटनामा ट्रकले च्यापिएर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्रक चालकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।