वेद, सुशासन र लोककल्याण

नासाले संस्कृत शिक्षालाई अनिवार्य गर्न लागेको छ । यसअघि पश्चिमा देशहरुमा वेदको अध्ययन, अध्यापन गर्ने गरेको धेरै समय भइसकेको छ । हाम्रा जति पनि शास्त्रहरु संस्कृतमा नै छन् र यो देववाणी हो । अहिले नासाले अन्तरिक्षमा सम्वाद गर्दा बा त्यहाँको विषयबस्तुहरु प्राप्ति गरिरहँदा संस्कृतमय हुँदा बढी सजिलो महसूस गरेको छ, अन्य भाषा टूटपूmट भएका र तिनले सही प्रतिफल नदिएको भनाइ आएको छ । पूर्वीय धर्म, दर्शनमा वेदलाई स्वयं भगवान भनिएको छ । वेद र सम्पूर्ण उपनिषद्को सार भागवतमा ईश्वरले ‘अहँ सर्वेषु भूतेषु’ भन्नु भएको छ । यसको अर्थ हुन्छ ‘म सम्पूर्ण प्राणीहरुको अन्तर हिर्दयमा बस्छु, मलाई खोज्न टाढा जानु पर्दैन’ । चारै वेदको सार महाभारतामा दर्शनशास्त्र, राजनीति, अर्थ राजनीति सबै विषयहरु भेटिन्छन् । महाभारतको विदुर नीति र कौटिल्यको अर्थशास्त्रको अध्ययन बिना राजनैतिक दर्शन अधुरो हुन्छ । राजनीतिका गुरुहरु हब्स, लक, अरस्तुहरु पनि दार्शनिक थिए । दर्शन शास्त्र बिनाको राजनीति केबल भीड नीति हुन्छ । त्यहाँ सुशासन पाइन्न, सुशासन नपाइने स्थानमा लोककल्याणकारी राज्य फोस्रो नारा मात्र हुन्छ र जहाँ लोक कल्याण छैन त्यहाँको संविधानले साजवाद उन्मुख समाजको संरचना तयार गर्ने भन्नु भनेको शतप्रतिशत भूmठ कुरो हुन्छ, जनता अल्मल्याएर सत्ताको भरेग चढ्नु र आपूm, आफन्तलाई राव्य दोहनमा सहयोग गर्नु मात्र हुन्छ ।
दीर्घ समयसम्मको नीतिलाई अँगाल्नेको नाम नेता हो, नेताले नेतृत्व लिँदा देश सबल हुने कुरा चीन, भारत, मलेसिया, सिँगापुर र पश्चिमा धेरै देशहरुले देखाइसकेका छन् । सृष्टिको उषाकालमै आरम्भ भएको वेदमा देश नीति, राजनीतिको गहन चर्चा छ र सारमा भनिएको छ ‘नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ’ । यसको विपरीत सामान्य जीवन बाँच्न नपाएको उदाहरण धेरैतिर देखिन्छ, अत्याधुनिक आजको युगमा पनि । नीति बनाउने भनिएको थलोको मूल गेटमै आत्मदाह भएको हाम्रै घटना पनि सबैलाई टाउको दुखाइको विषय बनेकै हो । राज्य शासनका विधान र राज्य भनौँ देशमा बस्ने नागरिकहरुको खुसी, सुख र समृद्धिका लागि राज्यले सन्चालन गर्ने नीति राजनीति हो, यो सबै नीतिको माउ नीति हो । लोकहित र लोक कल्याण यसको उद्देश्य हुन्छ, हिजोआजको भाषामा प्रजातन्त्र वा लोकतन्त्र जे भने पनि प्रजा हित नै हो,प्रजाको अर्थ हुन्छ प्राणी अर्थात् राज्यले नागरिक मात्रै नभएर समस्त प्राणी हितका कार्य गर्नु पर्ने हुन्छ । पृथ्वीका समस्त प्राणी संरक्षित भएनन् भने विश्व्यापी समस्या, जलवायु परिवर्तन, प्राकृतिक संकट देखा पर्छ र आधुनिक युगमा अनेकानेक संगठनहरु बनेका छन् यसका लागि । मानव कल्याण, शान्तिका लागि संयुक्त राष्टृ संघ, व्यापारकालागि विश्व व्यापार संगठन, स्वास्थ्यका लागि विश्व स्वास्थ्य संगठन भनौँ विषयपिच्छेका संघ संस्थाहरु जीवन्त छन् ।
पूर्वीय दशनले लोका समस्ताः सुखिनो भवन्तू भनेको छ, अर्थात् लोकभरिका सबै सुखी रहून् । प्रजा सुखे सुखं राजा भनेको छ, यहाँ राजाको अर्थ हुन्छ, राज्य । देशभित्रका आम नागरिक सुखी, खुसी रहे देश नीति भनौँ राजनीति वा नीति अँगाल्ने त्यो राज्य सुखी र समृद्ध हुन्छ । राजनीतिलाई मार्ग निर्देश गर्ने कौटिल्य नीति, चाणक्य नीति, विदुर नीति,वेद नीति, जनक नीतिको अध्ययन हामीकहाँ हुन छोडेको छ । राजा भतृहरिको वैराग्य शतक, बुद्धिलाई विवेकले प्रयोग गर्ने नीति विवेक चूणामणिको अध्ययन आबश्यक भइरहन्छ । मानव मस्तिष्कको परिणाम विज्ञानको बुद्धिलाई सही प्रयोग गर्न मानव हिर्दय भनौँ विवेकको आबश्यकता हुन्छ । विवेक बिनाको विज्ञानको प्रयोग भनेको ज्ञानको दुरुपयोग मात्रै हो । वेदले ब्राह्मणको चर्चा गरेको छ, ब्राह्मण भन्नु प्रज्ञा हो,प्रज्ञाचक्षु जसको खुलेको हुन्छ, उही ब्राह्मण हो, कुलिन बा जन्म कुलको आधारभन्दा पनि ज्ञानको आधारले ब्राह्मण हुने हो । वेदमा भनिएको छ, ‘जन्मना जायते शुद्र कर्मणा द्धिज उच्यते वेदाध्यायी भवेत् विप्र ब्रह्म जानाति ब्राह्मण’ । अर्थात् आमाको गर्भबाट जन्मिदा सबै अशुद्ध नै हुन्छन, संस्कार र तिनका कामले द्धिज हुने हो,अर्थात् संस्कारले अर्को जन्म, भनौँ जव ज्ञानको आरम्भ हुन थाल्छ ऊ विप्र हुन्छ र ब्रह्म अर्थात् सम्पूर्ण लोक, धर्ती, भनौँ खगोल, भूगोल संसारका सबै कुरा जीव, जगत्, जन्म, मृत्यु सबै जान्न सक्ने हुन्छ त्यो ब्राह्मण हुन्छ । यसैले ब्राह्मण भनेको प्रज्ञाचक्षु हो र यो एउटा पदवी हो । श्रीराम, श्रीकृष्ण या बुद्ध जन्मले ब्राह्मण होइनन्, रामका गुरु विश्वामित्र, महाभारतका विदुर हाम्रै खप्तड स्वामी, शिवपुरी बाबा, प्रपन्नाचार्यको नाम सबैले लिन्छन् । ब्राह्मण कुलमै जन्मेको रावण, कुम्भकर्णको नाम लिन रुचाइँदैन । अति घमण्डका कारण रावणको लंका जलेको प्रसंग त्रेता युगको कुरा भयो । विदुर दासी पुत्र हुन्, वेदका रचयिता व्यास उनका पिता पराशर, उनका पनि पिता बशिष्ठको आदिमक्षेत्र हो हाम्रो भूमि नेपाल, वैदिक सनातन भूमि नेपालमा जे छ संसारमा छ, यहाँ जे छैन संसारमा छैन । आज वेदमा रहेका तर ओझेल परेका विषयलाई खोज्दै नासाले अन्तरिक्षको अध्ययन गर्दैछ । जर्मनी लगायत पश्चिमाहरु धेरै सिक्दैछन् यस बारे, हाम्रो ऋग्वेद, यजुर्वेेदले पृथ्वीः शान्तिः, अन्तरिक्षः शान्तिः,आपः शान्तिः, औषधयः शान्तिः भनी सृष्टिको आरम्भमै भनेको हो र भागवतमा सजिलो गरी सम्पूर्ण लोकालोकको वर्णन गरिएको छ, सबैको चक्षु ज्योति भनौँ ज्योतिष शास्त्रको वर्णन यसैमा छ । ऋतु, काल गणना, हावापानी, जलवायु शुद्धि, मानव कल्याण र समग्रमै लोक कल्याणका लागि परोपकार पुण्याय पापाय परपीडनम् भनेको छ । हामीले देखेको विश्वभन्दा अरु धेरै विश्व यहाँ रहेको चर्चा छ । विज्ञानले आज सबै कुरा पत्ता लगाइसकेको छैन ।
हाल कलियुगमा हाम्रो देशको नाम नेपाल रहेको छ भने आजभन्दा ५ हजार वर्ष पहिले द्दापर युगमा यसको नाम मुक्तिपुर थियो । त्यतिबेला राजपाठ चलाउने काष्टमण्डपका राजा यलम्बरले महाभारत युद्धमा कौरवपक्षलाई सघाउने प्रण गरे, पाण्डवपक्षको हार हुने देखेपछि श्रीकृष्णले सुदर्शन चक्रले यलम्बरको शिरच्छेदन गरेपछि त्यसै शिरले आकाशबाट युद्ध हेरि रहेका उनको शिर काठमाडौँमा खसेपछि आकाशभैरबको नामले किर्तिरही हालसम्म काष्ठमण्डपमा यिनको मूर्ति, मन्दिर रहेको भनाइ छ, पूजा हुने गरेको छ । १२ लाखभन्दा बढी वर्ष पहिलेको त्रेतायुगमा हाम्रो देशको नाम तपोवन रहेको र यहाँ खासगरी जनकपुरमा राजर्षि जनकले राजपाठ गरेको, कृषि कार्य गर्दै जाँदा जानकीलाई भेटिएको र अयोध्या नरेश दशरथपुत्र श्रीरामसंग बिहे गराएको प्रसंग जोडिँदै हालसम्म पनि मार्ग शुक्ल पन्चमीमा सीता रामको भव्य विवाह महोत्सव मनाइदै आएको छ, विषय पुरानो भए पनि ताजै छ । करोड वर्षअघिको यहाँको नाम सत्ययुगमा सत्यपु्र रहेको र समुद्रमथनमा हलाहल विष निस्कँदा शिवजीले त्यो पिएर छट्पटि हुँदा चिसो र शान्त स्थान हालको रसुवाको गोसाइँकुण्डमा आराम गरेको चर्चा छ, विष खाएर ढल्दा नीलकण्ठ नामले सुतेको भनिएको शिला काठमाडौँको शिवपुरी फेदमा अहिले पनि भव्य मेला लाग्दै आएको छ, बूढानीलकण्ठमा । ब्रह्मा, विष्णु, महेशको संयुक्त नाम मुक्तिक्षेत्र मुस्ताँगमा विश्वका धेरै मानिस खनिने गर्छन्, त्यहीँबाट भनौँ दामोदरकुण्डबाट निःसृत नदी कालिगण्डकीमा पाइने विष्णुको शिला कालो पत्थर शालिग्राम संसारकै उदाहरण बनेको छ । वेदमा वर्णित देवताहरुले नित्य स्नान गर्नेक्षेत्र देवघाटधाम नारायणी भन्नु शिवगंगा त्रिशूली र विष्णुगंगा गण्डकीको संगमस्थल हो जो चितवनको नारायणी हुँदै नवलपरासीको त्रिवेणीधाम, पारिपटि वाल्मीकि आश्रमलाई सिन्चित गर्दै परतिर पुग्छिन् । सत्ययुगकै बाराह अवतारभई श्रीवष्ण्ुले बँदेलको अवतार लिई पूर्वको कौशिकी तटमा विश्राम लिएकोक्षेत्र चतराधाम बाराहक्षेत्र यहीँ छ, जसको आसपास शिवप्रिया सतिदेवीको दन्त पतनक्षेत्र दन्तकाली, बूढासुब्बा,अलिक वरतिर श्रीरामले आगोको धुनी लगाएकोक्षेत्र रामधुनी अहिले पनि जीवन्त छ । जनक, वशिष्ठ, विश्वामित्र, पराशर, व्यासभूमिक्षेत्र सधैँ पावन हुनु जरुरी छ, शान्त पनि । दमौलीको सेती, मादी नदीका वीचमा मत्स्यगन्धाबाट पराशर ऋषिले व्यासको जन्म दिएका र अठाइसौँ व्यासस्थली व्यास गुफा दमौलीमा रहेको छ । यस अर्थमा वेद व्यासकी ममतामयी माता ब्राह्मणी नभएको स्पष्ट हुन्छ ।
हो, राजनीतिमा धर्म नीति हुनु पर्छ, धर्म हराउँदा सबैकाम अधुरो हुन्छ, मारकाट मात्र हुन्छ, एक अर्कामा विश्वास हुन्न, सदा देशमा संकट हुन्छ, जनता भोका हुन्छन्, परचक्रीले शिर उठाउँछ, तर राजनीतिकर्मीले जात जातिमा वा लिँग बा दलित भनी हेला गर्नु हुन्न । कोही संसारमा दलित हुँदैन, अपहेलित हुँदैन,त्यसको लागि राज्यले कानुनमात्रै बनाएर पुग्दैन, दैवी, वेद र ईश्वरीय राजमा कोही पृथक हुन्न । आज हामी समाजवाद, साम्यवाद भन्छौँ, समानताको कुरा गर्छौ, तर विभेद छ । कार्य क्षमता, कामको अबसर, सबैतिर न्याय, उच नीच रहित समाजको निर्माण र सभ्यता बनाइराख्नु देश नीतिको काम हो, भूठा आश्वासन, क्षणिक लाभको पोको देखाएर समाजलाई विखण्डन गर्नु हुन्न । इमान्दारिता, सहिष्णुता, नैतिक जिम्मेवारी, निष्ठाको राजनीति गर्नु पर्छ । यो सामाजिक सेवा हो, पैसा र पदको प्रलोभनले इमान्दारिता गुमायो भने अभिभावकत्व हुन्न, राजनीति वा नेताले अभिभावकत्व ग्रहण नगरे आम सर्वसाधारण सडेर जान्छन्, देश पनि बिग्रन्छ, विदेशीहरु हाँस्छन् । हाम्रो लोकतन्त्रका सामु हजारौँ विकृति देखिएका छन्, तपोभूमि नेपाललाई भाषण गर्दा सबैले यो क्षेत्रलाई धार्मिक पर्यटकीयक्षेत्र बनाउने भन्छन् । तर सत्य र निष्ठाका लागि विकसित देशका नेताहरु वाइबल छोएर शपथ लिन्छन्, यहाँ वेद, गीता, धर्मशास्त्र, लिएर शपथ खानु पर्नेमा त्यसो गर्दैनन् । अगुवाहरु नै हत्या, हिँसा, लूटपाटमा संलग्न भएपछि अरुलाई यसो नगर भन्न असहज हुन्छ, मुहान शुद्ध नभई खोला शुद्ध हुँदैन, आपूm मोजमस्ती गर्ने अरुलाई नैतिकताको पाठ सिकाउने वा कानुनको कार्यान्वयन गर भन्न असहज हुन्छ ।