कांग्रेस सभापतिमा उम्मेदवारी दिने तयारीमा विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मंसिर २१ देखि २३ गतेसम्म हुने १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । यसका लागि निधिले नेता शशांक कोइरालासँग सहयोग र समर्थनसमेत मागेका छन् । बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा महाधिवेशन तयारी समितिको बैठकअघि निधि र कोइरालाबीच भेटवार्ता भएको थियो ।

भेटमा निधिले सभापतिमा उम्मेदवारी दिने तयारीबारे जानकारी गराउँदै कोइरालासँग समर्थन मागेको बताइएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कोइरालालाई महाधिवेशन तयारी समितिको संयोजकको जिम्मेवारी दिएको छ। उनकै नेतृत्वमा महाधिवेशनका तयारी अघि बढिरहेका छन् ।