सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसार कर्णालीमा नेकपा(एमाल)ले मुख्यमन्त्रीको पद पाउने भएको छ । नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो ।
सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार पहिलो चरणमा एमालेलाई दिने निर्णय बमोजिम परिपत्रसमेत आएको इञ्चार्ज मल्लले बताए । उनले भने, ‘केन्द्रले गरेको सहमतिलाई प्रदेशले मान्नै पर्ने हुन्छ । शीर्ष नेतृत्व बसेर गरेको निर्णय अनुसार गठबन्धन दलकै प्रदेशमा सरकार निर्माण हुन्छ ।’ मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलबार विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालयमा सोमबार पत्र दर्ता गराइसकेका छन् । मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला विपरीत निर्णय आएपछि अब कर्णालीमा के हुने भन्नेमा अन्योलता सृजना भएको छ ।


















