प्रहरी जवान करिश्मा आत्महत्या प्रकरणमा एक जना पक्राउ

गत जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय सिराहाको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको शौचालयमा प्रहरी जवान २५ वर्षीया करिश्मा सुनार झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । सोही मृत्यु प्रकरणमा एक जना पक्राउ परेका छन् ।

बाँके खजुरा गाउँपालिका-४ बस्ने करिश्माले आत्महत्या गरेको खुलेको छ । सो घटनाको अनुसन्धानको क्रममा आत्महत्या दुरुत्साहन आरोपमा दैलेखको खरिगैडा घर भई हाल बाँकेको बैधनाथ गाउँपालिका-२ बस्ने २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

थापालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिराहामा लगिएको र आत्महत्या दुरुत्साहन मुद्दामा सिराहा जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान गरिरहेको सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्विवेदीले बताए ।