गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इङ्गेजमेन्ट गरेका छन् । संयुक्त अरब इमिरेट्स पुगेका उनीहरूले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेका हुन् ।
दुबईको बुर्ज खलिफाको सामुन्ने तस्बिर खिचाउँदै काफ्लेले लेखेका छन्, ‘सहयात्राको यो सुरुवात ।’ हामी इन्गेज्ड भएका छौँ । अस्मिता अधिकारी आई लभ यू ।’उनीहरूलाई अहिले बधाइको ओइरो लागेको छ । गायक काफ्ले र अधिकारी लामो समयदेखि प्रेम सम्बन्धमा थिए । अहिले उनीहरूले आफ्नो सम्बन्धलाई औपचारिकता दिएका हुन् ।
बाल्यकालदेखि संगीतमा लागेका महेशले बीचमा खेल पत्रकारको रूपमा आफूलाई चिनाएका थिए । अस्मिता भने नेपाल आइडलबाट उदाएकी गायिका हुन् ।


















