जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदारप्रसाद यादव दोस्रो कार्यकालका लागि निर्वाचित भएको छ । केदार २३५ मत प्राप्त गरी निर्वाचितभयो भने उनका निकटतम् प्रतिद्वन्द्वी उमेश यादवले २०५ मत प्राप्त गरे ।
उपाध्यक्षमा लक्ष्मण यादव र हरेराम यादव निर्वाचित भएको छ । सचिवमा निरज झा निर्वाचित भयो । यही १४ साउनदेखि जसपा नेपाल, सप्तरीको अधिवेशन सुरु भएको थियो । अधिवेशनको बन्द सत्रमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो ।


















