बयानका लागि जाँचबुझ आयोग पुगे पूर्वगृहमन्त्री रमेश लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखक जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् ।

सोमबार लेखक आयोगमा बयान दिन उपस्थित भएका हुन् । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकसँग आयोगले बयान लिन लागेको हो ।