प्रधानमन्त्री सुशीला कार्कीले केही दिनमै देशको बागडोर जनताले चुनेको प्रतिनिधिको हातमा पुग्ने बताएकी छन् ।फागु पूर्णिमा र फागुन २३ को निर्वाचन सन्दर्भमा सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र निर्वाचन आयोग पूर्ण प्रतिबद्ध रहेको पनि बताएकी हुन् ।
‘मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ । अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ,’उनले भनिन् । उनले इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई आफूले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी छु ।


















