होर्मुजपछि लाल सागरमा चर्कियो तनाव

पश्चिम एशियामा महिनौँदेखि जारी तनाव थप चर्किएको छ । यो संघर्ष होर्मुज जलमार्गपछि लाल सगरसम्म पुगेको छ । खासगरी लाल सागरमा केन्द्रित हुने हुथी विद्रोहीको आक्रमण पछिल्लो समय व्यापारिक जहाजमा मात्र सीमित छैन । साउदी अरबका तेल पूर्वाधारहरू पनि प्रत्यक्ष निशानामा पर्न थालेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै साउदी अरबसँग असैनिक आणविक सहकार्य सम्झौता गरेका छन्।

त्यसपछि यो क्षेत्रको तनाव थप चर्कने देखिएको छ । हुथी विद्रोहीका आक्रमणले सम्पूर्ण क्षेत्रको सुरक्षा तथा विश्वव्यापी ऊर्जा बजारलाई लिएर चिन्ता बढाएको छ । यमनका हुथी विद्रोहीहरूले साउदी अरबका जिजान र यान्बुमा रहेका ‘साउदी अरामको’का तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन् ।

यो दाबी पुष्टि भए यो साउदी अरबमाथिको आक्रमण मात्र नभई विश्वव्यापी ऊर्जा आपूर्ति र अमेरिकाको पश्चिम एसिया नीतिमाथिको प्रत्यक्ष चुनौतीका रूपमा पनि हेरिने विश्लेषण गरिएको छ ।