धनुषामा दिउँसो २ बजे सर्वपक्षीय छलफल

सामाजिक सद्भाव कायम गर्न र अवस्था सहज बनाउन धनुषामा आज २ बजेको प्रतिनिधि सभा सदस्य सहितको सर्वदलीय सर्वपक्षीय बैठक बस्न लागेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बैठकमा छलफलबाट अवस्था सहज पार्ने छलफल हुनेछ । छलफल सहज अनुकूल भए आजै सद्भाव रली निकाल्ने तयारी रहेको बताए ।

सुनसरी घटनालाई लिएर अवस्था असहज बनेपछि बिहीबार दिउँसो साढे ३ बजेदेखि नै जनकपुरधाम उपमहानगरपालिका भित्र र नराइन तथा लक्ष्मीनिया गाउँपालिकाको केही भागमा अनिश्चित कालको लागि आदेश जारी गरिएको छ ।