कोशी प्रदेश सरकारले सुनसरीको देवानगन्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त घटनामा ज्यान गुमाएकाका परिवारलाई राहतस्वरूप जनही दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
साथै, घाइते तथा घर, पसललगायतमा आगजनीबाट पीडित परिवारलाई ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।


















