७१ जिल्लामा सुरु भयो कांग्रेसको वडा अधिवेशन

नेपाली कांग्रेसको वडा अधिवेशन ७१ जिल्लामा सुरु भएको छ । शनिबारदेखि सुरु वडा अधिवेशन आइतबार पनि जारी रहेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

४३ जिल्लामा शनिबार नै वडा अधिवेशनको प्रक्रिया सुरु भएको थियो । आइतबार थप २८ जिल्लामा वडा अधिवेशन सुरु भएको कटुवालले जानकारी दिए ।मधेश प्रदेशका सिरहामा केही समयमा वडा अधिवेशन सुरु हुनेछ । त्यस्तै, सप्तरीमा सोमबारबाट वडा अधिवेशन सुरु हुनेछ ।

सर्लाहीको क्षेत्र नम्बर २ बाहेकमा वडा अधिवेशन सुरु भएको छ भने रौतहतको क्षेत्र नम्बर १ बाहेकमा वडा अधिवेशन सुरु भएको छ । रसुवा बाढी कारण प्रभावित रसुवा र नुवाकोटमा ७ असोजमा वडा अधिवेशन सुरु हुनेछ । त्यस्तै, बाढीप्रभावित जिल्ला धादिङमा भने ५ असोजमा वडा अधिवेसन सुरु हुनेछ ।