बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ हजार ८०० रुपैयाँले बढेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार हुँदैछ। यता आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।