फ्लाई दुबईको उडानका क्रममा चक्कु प्रहारबाट घाइते भएका भारतीय पाइलट स्मित मच्छरको स्वास्थ्य अवस्था स्थिर रहेको साउदी अरबस्थित भारतीय दूतावासले जनाएको छ।
मच्छरलाई साउदी अरबको ताबुकस्थित अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । उनको आवश्यक उपचार भइरहेको र स्वास्थ्य अवस्थाबारे थप विवरणको प्रतीक्षा भइरहेको दूतावासले जनाएको छ ।
बुधबार दुबईबाट इजरायलको तेल अभिवका लागि उडेको फ्लाई दुबईको विमान उडेको करिब दुई घण्टापछि साउदी अरबतर्फ मोडिएर अवतरण गरेको थियो। विमानको ककपिटमै एक पाइलटले अर्का पाइलटमाथि चक्कुले आक्रमण गरेको बताइएको छ।चक्कु प्रहारमा घाइते भएका पाइलट भारतीय नागरिक स्मित मच्छर हुन्।


















