इन्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य बढाएर पठाए पनि नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको खुद्रा मूल्य नबढाउने भएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा, मट्टितेलमा १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धनमा १८ रुपैयाँ ६६ पैसा बढेर आएको छ।
यस्तै, एलपी ग्यासमा प्रतिसिलिण्डर ८१ रुपैयाँ ३२ पैसा वृद्धि भएको निगमले जनाएको छ । चाडपर्व र उपभोक्ताको हितलाई मध्यनजर गर्दै हाल कायम खुद्रा मूल्य यथावत राख्ने निर्णय गरिएको निगमले जनाएको छ।


















