भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रस्तावित संघीय निजामती सेवा विधेयकले निजामती सेवाको कार्यसम्पादन र जवाफदेहितामा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत बिहीबार धारणा सार्वजनिक गर्दै मन्त्री रावलले विधेयकलाई गहन अध्ययन र व्यापक छलफलपछि अन्तिम रूप दिइएको जानकारी दिइन्। उनका अनुसार नयाँ व्यवस्थाले निजामती सेवाको कार्यशैली, कार्यसम्पादन र जवाफदेहितामा ‘प्याराडाइम सिफ्ट’ अर्थात् महत्त्वपूर्ण संरचनागत परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

















