प्रधानसेनापति अशोकराज सिग्देल सातदिने औपचारिक भ्रमणका लागि सोमबार बेलायत जाने भएका छन् । बेलायती समकक्षीको निमन्त्रणामा सिग्देल सोमबार बेलायत प्रस्थान गर्ने भएका हुन् ।
सिग्देलले प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि बेलायतको पहिलो भ्रमण गर्न लागेका हुन् । प्रधानसेनापति सिग्देल असोज २५ गते स्वदेश फर्कनेछन् ।




















