निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी विवादमा छानबिनका लागि संसदीय समिति गठन भएको छ । शुक्रबार बसेको संसदको सार्वजनिक लेखासम्बन्धी बैठकले समिति गठन गरेको हो । समितिको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले गर्नेछन् ।
समितिमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन् । यस विषयमा रास्वपा सांसद खगेन्द्र सुनारले पटक–पटक आवाज उठाएका थिए ।




















