राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकमाथि कारबाही गर्न निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक कारबाहीका लागि देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई निर्देशन दिएको छ।

बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट, सल्यान लगायतका जिल्लाहरूमा कार्यरत शिक्षकहरू राजनीतिक कार्यक्रममा सहभागी भएका समाचार सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट सार्वजनिक भएपछि मन्त्रालयले यो कदम चालेको हो।