किन गरिरहेका छैनन, नयाँ र बैकल्पिक दल भन्नेलाई जनताले विश्वास ?

नेपालमा पछिल्लो समय वैकल्पिक राजनीतिक शक्ति निर्माणको चर्चा निकै चल्ने गरेको छ । नेपाली जनताले कम्युनिष्ट र कांग्रेस अर्थात पुराना दलको विकल्पमा नयाँ र बैकल्पिक दल चाहेको पनि देखिन्छ । सायद यही अवस्था बुझेर पुर्व प्रम डा बाुराम भट्टराईले नयाँ शक्ति पार्टी बनाउने देखि साझा बिबेकशिल पार्टी र २०८० मा भएको संघ निर्बाचन सम्म आई पुग्दा राष्टि स्वतन्त्र पार्टी सम्म स्थापना भए । तर सोचे जस्तो नत डा भट्टराईको पार्टी सप्रियो नत सुरुमा आशालाग्दो उपस्थिती देखाएको रास्वपा नै । बरु टेक्न नपाउँदै नयाँ भन्नेहरु लडन लागेको जस्तो देखिन्छ ।
बिदेशमा हेर्ने हो भने बैकल्पिक दलले जनताको राम्रै मन जितेको देखिन्छ । जस्तो कि युक्रेनको राजनितीमा पार्टी स्थापना गरेको एक बर्ष पुरा गर्दै गर्दा नै भ्लादमिर जेलनस्कीको पिपुल्स सर्भेन्ट पार्टीले युक्रेनको राजनितीमा छलाङ मार्न सफल भएको थियो । सो पार्टीबाट ७३ प्रतिशत जनमत प्राप्त गर्दै राष्ट्रपतिमा जेलनस्की बिजयी भएका थिए ।यद्यपी उनले रुस संगको युद्ध पछि देश कसरी अगाडि बढाउँछ ,त्यो हेर्ने केहि समय कुर्नै पर्ने देखिन्छ ।
विश्वका अन्य देशमा पनि नयाँ र बैकल्पिक दलको उदय भईरहेको देखिन्छ । जस्तो कि केही बर्ष अघि स्थापना भएको लिबर्टी कोरिया पार्टी दक्षिण कोरियाको ठूलो दल भित्र पर्छ। जसको सदस्य संख्या मात्र ३.५ मिलियानको हाराहारीमा छ । सन २०१६ अप्रिल ६ मा स्थापना भएको ला रिपब्लिक इन मार्र्चै पार्टीका संस्थापक इमानुयाल म्याक्रोन फ्रान्सको २५ औ राष्ट्रपति भए । दशक अघि स्थापना भएको फ्रि इजिप्सीयान इजिप्टको संसदको ठूलो दल बन्यो । माथी उल्लेख गरिएका बिभिन्न देशमा छोटो समयमा नै उदाएका नयाँ राजनीतिक दलले राम्रै गरेको देखिन्छ तर नेपालमा भने नयाँ दल टेक्न नपाउँदै लडन लागिसकेको जस्तो देखिन्छ ।
नेपालमा नयाँ विकल्प बन्छु भन्ने दललाई जनताले विश्वास गरेको देखिदैन यस्तो किन भयो होला भनि हेर्दा नयाँ भन्नेको नेतृत्वको ब्यवहार र उनीहरको ब्यक्तीत्व पनि एउटा हो ।

बिदेशमा नयाँले उठाएको मुद्दासंगै नेतृत्वमा अध्ययन, अनुभव र खोजबाट खारिएका बहुआयमिक ब्यक्तित्व थिए । साथैउनीहरुले अगिंकार गरेको शिद्धान्त र नेतृत्व गर्ने ब्याक्तीको ओजनले नै जनताको विश्वास आर्जन गरेको देखिन्छ । तर नेपालमा भने नेतृत्वमा देखिएको अस्थिरता र उच्च महत्वकांक्षा र उनीहरुले देशलाई नयां रुप दिन सक्छन भनेर जनताले आशा गर्ने आधार नदेख्नु हो। नयाँभन्नेहरुसंग पनि आलोचना बाहेक अरु खासै एजेण्डा देखिएनन ।
पुरानो पार्टी माओवादी केन्द्रमा अडिन नसकेका र आफैले निर्माण गरेको नयाँ शक्ति पार्टीलाई गतिशिल बनाउन नसकेका डा बाबुराम भटटराईको अस्थिर राजनीतिक छबिका कारण जनता माझ उनको लोकप्रियता गिर्दो छ। उनले आफ्नो एजेण्डाले जनता तान्नु भन्दा उनले एकहोरो अरुको आलोचना मात्र गरेको देखिन्छ । रास्वपा नेतामा पनि घमण्ड र अराजकता देखिन्छ ।नेपालमा पनि युरोपियानहरुले जस्तै योग्य युवा पंक्तीलाई राज्यसत्ताको बागडोर सम्हाल्ने अग्रभागमा ल्याउन अभ्यास गर्नु पर्ने जरुरी छ। बिकल्प बन्ने सपना देखेकाले पनि भई राखेका भन्दा फरक सक्षम र इमान्दार भएको पुष्टी गर्न आफुलाई परीक्षामा खरो रुपमा उतार्न आवश्यक छ। बिकल्प बोलेर होइन, ब्यवहारले मात्र बन्न सकिन्छ भन्ने पुष्टि नयाँले पनि गर्न सक्नुपछ । जनताले बोलीमा होइन ब्यवहारमा बिश्वास गर्छ भन्ने तथ्यलाई अंगिकार नगरी अरुको कमजोरीलाई बेचेर बिकल्प बन्छु भन्ने पुरातन शैलीलाई नसच्याएसम्म नेपालमन नयाँ र बैकल्पिक भन्ने लाई पनि जनताले बिश्वास गर्नसक्दैन ।
बिश्वमा बिज्ञान र प्रबिधिको अभूतपूर्व बिकासले आजको बिश्वलाई निक्कै साँघुरो बनाइदिएको छ । सूचनाको आदान–प्रदानलाई अभूतर्पूवरुपमा परिवर्तन गरिदिएको छ । सारा संसारमा एकक्लिकमा सूचना प्रवाह गर्ने र हुन सक्ने आश्चर्यलाग्दो स्थिति सिर्जना गरिदिएको छ । यसले हिजोको सामाजिक संरचना र सम्वन्धलाई पनि निकै ठूलो धक्का दिएको छ र परिवर्तनको तीब्रतालाई बढाउने बाटो बनाइदिएको छ । यस्तो अवस्थामा नयाँ बैकल्पिक शक्ति भन्नेले बैकल्पिक कार्यक्रमका ल्यानु पर्छ । कसैको लहडी स्वैर कल्पनाका आधारमा यस्तो शक्ति बन्ने र समाज फेरिन कुरा हुदैन ।जनताको पछौटेपना, गरीबी, अभाव, अशिक्षा, असुरक्षा र अनिश्चित भबिष्यलाई भँजाएर आफ्नो दुनो सोझयाउने र ‘मालदार’ राजनीतिक ‘उद्योग–ब्यवसाय चलाउने’ सीमित तप्काको संकीर्ण स्वार्थ पूरा गर्ने हो भने कुरा बेग्लै हो । अन्यथा बिगत र बर्तमानका अनुभबबाट सही शिक्षा लिएर बैकल्पिक, राजनीति, अर्थतन्त्र, सामाजिक तथा साँस्कृतिक संरचनाको प्रष्ट र ठोस मार्गचित्रकासाथ अघि बढ्न सकेमा मात्र नयाँ शक्तिको निर्माण हुन्छ ।तलैबाट जनतलाई उठाउने, जगाउने र अगाडि बढाउने बिकास अबको एक मात्र मूलबाटो हो । यसका लागि अग्रगामी, उन्नत र जनमुखी दृष्टिकोण, बिचार नीति कार्यक्रमको हुनु पर्छ ।कुनै एक नयाँ दल दर्ता गर्दैमा वैकल्पिक राजनीति हुँदैन विचारधारा, एजेन्डा, कार्यशैली, नेतृत्वपङ्क्ति, सोच, प्रवृत्तिलगायत सबै नयाँ वैकल्पिक र अग्रगामी हुनु पर्दछ ।
वैकल्पिक राजनीति गर्ने दलको विचारधारा÷दर्शन अहिलेको परम्परागत राजनीतिभन्दा फरक हुनुपर्छ । एजेन्डा, मूल्य–मान्यता, नेतृत्व र कार्यशैली पृथक् हुनुपर्छ । वैकल्पिक राजनीति गर्ने दल मुद्दाकेन्द्रित र मूल्य–मान्यताकेन्द्रित हुनुपर्छ । अन्यथा पूर्व जान खोज्ने तर पश्चिमको गाडी चढेर कहिल्यै गन्तव्यमा पुगिँदैन । अहिले यस तर्फ ध्यान दिएको देखि दैन ध्यान दिएर अगाडी बढ्नु पर्दछ ।