नेकपा एकीकृत समाजवादीको बिहीबार बसेको सचिवालय बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ।
सरकारले हालै ल्याएका ६ वटा अध्यादेशको विरोध गर्ने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए‘सरकारले ल्याएको अध्यादेशमा कालोबजार ऐनलाई तोडमोडल गर्यो। २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन खारेज गर्नेबित्तिकै बजारमा सिमेन्टको मूल्य उच्च रूपमा बढेको छ,’ उनले भने, ‘मुठिभर व्यक्ति र व्यवसायीहरूको लागि सरकार लागि परेको हुनाले त्यसको विरुद्धमा पार्टी जानुपर्छ भनेर लागेको छ।’


















