हाल देशमा पश्चिमी यायुको आंशिक प्रभाव रहेको छ । आज कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानीको तराईका केही स्थानहरुमा हुस्सुरकुहिरो लागेको अवस्था छ । दिउँसो पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ ।
तर, कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातको समयमा पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ महाशाखाले जनाएको छ ।


















