पृथ्वी दिवस र बयासी साल

अप्रिल २२ पृथ्वी दिवस हो । संसारको निर्माण पन्च तत्वबाट भएको छ, माटो, पानी, वायु, शब्द र आकाश । मानव शरिर निमाणको क्रम पनि यही हो । पृथ्वीमा धेरै देशहरु छन् । हाम्रो नेतृत्वले अहिले मेरो भन्ने गरेको छ देशलाई, तर यसको इतिहास लामो छ र कलिको नेतृत्व पाएको पनि यो वर्ष ०८२ आरम्भ भएसंगै ५ हजार १२६ वर्ष भइसकेको छ । त्यसो त पृथ्वीको उदय भएको भनौँ सृष्टि शुरु भएको १ अर्ब ९५ करोड, ५८ लाख, ८५ हजार १ सय २६ वर्ष व्यतीत भइसकेको छ । गत वर्षको ग्रह मण्डलका राजा मगल र मन्त्री शनि थिए, देशमा भारी संकट आयो, मानौँ उथलपुथल नै भयो । प्रकृतिले धेरै बगायो र मान्छेहरु पनि अप्रत्यासित रुपमा कोही हत्कडीमा परे भने कोही लामो जेल जीवनमा । शासक र जनता बीचको दूरी आकाश पाताल समान रह्यो । मंगल र शनि आपैmँमा क्रूर र कष्टकर ग्रह रहेका थिए । हामीसंग भित्रिइरहेको बयासी साल विगतभन्दा सौम्य होला कामना गरौँ, कारण सौर्य मण्डलका राजा सूर्य र मन्त्री चन्द्र छन्, सम्वत्सरको नाम रहेको छ सिद्धार्थि, अघिल्लो त नामैले पनि क्रूर नै थियो कालयुक्त ।
तर सहज भने यो वर्ष पनि छैन, जल भण्डारको कमी, वर्षा कम र असन्तुलित हुने, अग्निको भय, चोरी, हिँसा, अपराध भनौँ कुकर्महरु यो वर्ष पनि अधिक हुने नै संकेत छ । शासकमा क्रूरता कमी हुने देखिँदैन भने चन्द्रमा सौम्य ग्रह भएकाले आशा साह्रै निराशा चाहिँ नहोला, यद्यपि उत्पादनमा कमी, व्यापारमा वृद्धि र देश आर्थिक दुष्चक्रमा रहनाले आम नेपालीहरुलाई विगतभन्दा आगत सुखद हुने भने देखिन्न । महँगीको चरम संकट, आपूर्ति प्रणालीमा असहजता देखिन्छ ।
राजा सूर्यको फलः
सूर्ये नृपे स्वल्पफलाश्च मेघाः स्वल्पं पयो गोषु जनेषु पीडा । स्वल्पं सुधान्य फलमल्पवृक्षाश्चौराग्निबाधा निधनं नृपाणाम् ।।
राजा सूर्यका कारण वर्षा न्यून हुनेछ, कृषि, गोधनको कमी र दुग्ध पदार्थको उत्पादनमा कमी हुने सम्भावना छ । उत्पादनमा कमी आउँदा आपूर्ति प्रणालीमा संकट हुन सक्छ । गत वर्ष धानका उत्पादन वृद्धि भए पनि धान चामलको आयातमा कमी नभई मुल्य वृद्धि नै भएभैmँ यसवर्ष पनि कषि उपजको मूल्य अस्थिर रहने देखिन्छ, फलपूmलहरु पनि देशले आयात गरिरहेको सन्दर्भमा यस वर्ष पनि यस्ता बस्तुको आयात घट्ने छाँट दखिएन । अग्नि प्रकोप, वनडँढेलो, चट्याँग, हुरी, बतास रजन धनको क्षतिमा कमी हुने देखिएन । चोरी, हिँसा, अभद्र व्यवहार, आम जनमानसमा निराशकै वर्ष देखिन्छ, र चोर, फटाहाहरुको बिगबिगीमा कमी आउने देखिँदैँन, सामाजिक संस्कारमा चुनौती रहेको छ । रोगको भय, शासक वर्गमा क्रूरता, विग्रह, जनतामा दुःख, कष्टले यस वर्ष पनि नछोड्ने भयो । मेघ, बादलको सम्भावना अधिक रहे पनि वर्षाको न्यूनताले अनाजको कमी देखिन्छ ।
कार्यकारी मन्त्री चन्द्रको फलः
शशिनि मन्त्रि गते बहुसस्यवत्यपि धरा रमते सुखमण्डिता ।
वियति वारिधरा बहुवर्षिणो जनपदाः सुखराशिसुशोभिता ।।
चन्द्रमा मन्त्री भएकाले राज्यमा साह्रै क्रूरता नहोला । सस्येश गुरु वृहस्पति भएकाले पनि जनतामा केही सकारात्मक चेत आउनेछ, धर्ती सुखी हुने संकेत मिलेको छ । जनता आशावादी हुनेछन्, सुख र समृद्धिको ढोका खुल्ला । आम जनमानसमा धार्मिक जागरण आउनेछ । धान्येश मंगल छन्, अतः धान उत्पादनमा कमी र मूल्य वृद्धिको सम्भावना यताबाट पनि बढेको छ । मेघेश सूर्य रहेकाले जनतामा सन्तापको वृद्धि, वैकल्पिक अनाज गहूँ, जौ, चनाहरुको उत्पादनमा भने कमी नहुने देखिन्छ । रसेश शुक्र छन् र जनतामा किन्चित सुखानुभूति हुनेछ, जलको सन्चितिको उपाय खोजिने छ, जल भण्डारण, रिचार्जको सम्भावना खोजिनेछ, । निरसेश बुध रहेकाले तयारी पोशाक, डिजाइन र लत्ता कपडाको भाउ तीव्र रहनेछ । खासगरी सौन्दर्यका सरसामानको भाउ अस्थिर हुनेछ ।
फलेश शनि रहेकाले कलह वृद्धि हुने, भैmझगडको सम्भावना छ । चोरी, हिसा वृद्धि हुनेछ र चीसो, हिमपात, बेमौसमको समस्या सामना गर्नु पर्ने छ । धनेश बुध छन्, व्यपारकै काम बढ्नेछ, लगानी उत्साहजनक नहुने र व्यापार वृद्धिले व्यापारघाटा र ऋणमा कमी हुने देखिँदैन र बैँकहरुमा अधिक तरलता कायमै रहने छ । औद्योगिक कल कारखानाहरुमा मन्दी हुँदा मानिसहरु विदेश जाने क्रममा कमी देखिँदैन, स्वदेशमा रोजगारी सिर्जनाबाट राज्य पछि हटेको आभास हुनेछ । सिमानाको रक्षा गर्ने दुर्गेश सूर्य छन् र देशको सिमा रक्षागर्न सुक्षाकर्मीहरु तैनाथ हुनेछन् । पूर्वाधार विकास निर्माणमा राज्यले पूाजगित खर्च गर्न नसकेको सन्दर्भ यस वर्ष पनि रहनेछ तर अति जस्तो विकास निर्माणमा खिन्न हुनु पर्ने छैन, योजना, आयोजनाहरुमा विगत जस्ता उल्झनहरु नआई सामान्य रुपमा सन्चालित हुने देखिन्छ । समग्रमा शुभाशुभ फल मिश्रित वर्ष हुनेछ यो । कुण्डलीको बाह्रौँ घरमा पाप ग्रह शनि र राहुका साथमा बुध अनि शुक्र रहेकाले राजनीतिकर्र्मीहरुले सस्तो लोकप्रियता बाँड्न छोड्दैनन् र राज्यको ढुकुटीमा दोहन गर्ने कार्यमा कमी हुन्न, आयोजनाहरुको कार्यान्वयनमा राज्यको रकम दुरुपयोग घट्ने देखिन्न । द्दादशभावका पाप ग्रहहरुले देशको खर्च असन्तुलन भई बजेट घाटामा कमी हुन दिँदैनन् । दोस्रोघरमा गुरु बसेकाले खर्च सन्तुलनको प्रयास हुन्छ तर कमजोर । छैठौँ केतु रहेकाले रोग बा देशका शत्रुहरुमा कमी आउने सम्भावना छ ।
हालको कलि युगको आयु ४ लाख ३२ हजार वर्षको हो, हामी अहिले यसको प्रवेश विन्दुमै छौँ । त्रेताको आयु १७ लाख २८ हजार वर्षको थियो र त्योभन्दा पनि अघिल्लो सत्ययुगको आयु ३४ लाख ५६ हजार वर्षको थियो । यस अर्थमा यो समय घडीको चक्रभैmँ २७ पटक घुमिसकेको छ र अहिले २८ औँ पटकमा छ । कलिको हाम्रो देशको नाम नेपाल छ, द्दापरमा मुक्तिसोपान, त्रेतामा तपोवन र सत्ययुगमा सत्यपुर थियो ।
चैत्र १७ गते देखि नै सिद्धार्थि नामको सम्वत्सर शुरु भई विक्रम सम्वत् २०८२ शुरु भएकोे छ । श्रीशाके १९४७, श्रीसम्वत् २०८२ सिद्धार्थि नामक सम्वत्सर, सूर्य उत्तरायण, वसन्तऋतु, वैशाख कृष्ण प्रतिपदा तिथि, स्वाती नक्षत्र, बज्र योग, कौलव करण सोमबार, प्रातः ५ः५१ बजे प्रवादन कालमा सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्दै चैत्र मास सकिएर वैशाख महिना शुरु भई नयाँ वर्षको आरम्भ भएको छ । वर्षमा जम्मा ६० वटा सम्वत्सर हुन्छन्, क्रमिक परिवर्तन हुने क्रममा यो वर्ष ५३ औँ सम्वत्सर सिद्धार्थि हो । यो वर्ष शनि पूरै मीन राशिमा रहनेछन्, अतः यो राशिलाई मध्य साँढेसाती रहने छ भने कुम्भ राशिलाई अन्त्य साँढेसाती रहनेछ, मेष राशिलाई वर्षभरि आद्य साँढेसाती सिँह र धनु राशिलाई वर्षभरि अढैया शनि हुनेछ । यस्ता दोष भएकालाई भूठा आरोप लाग्ने, शत्रु भय हुने, मनमा चिन्ता हुने, सन्चित धनको नोक्सानी हुने हुन्छ । चोट पटकको डर, काममा ढिलाइ, मान सम्मानमा आघात विभिन्न समस्या हुन सक्छ । आप्mनो जन्म कुण्डलीमा ग्रह उच्च छ, राम्रो स्थानमा बसेको छ, शनि ३, ६ ११ स्थानमा बसेको छ भने शुभ फल दिने हुन्छ । अशुभ फल दिने संकेत भएकाले शनिको विशेष साधना, मन्त्र, जप, पिपलमा जल, गायत्री, दीक्षा मन्त्र, नित्य पान्चायन पूजा, साधना, सूर्य, देवी, गणेश, शिव, विष्णु आदिको विशेष कृपा प्राप्तिका काम गर्नु पर्ने हुन्छ । नित्य उपासना, शरिर शुद्धि, पितृको सेवा, देवताको उपासना, सत्संगबाट मनलाई निर्मल गराउनु पर्ने हुन्छ, यथाशक्य दान पुण्य गर्नु पर्ने हुन्छ ।
समय शुद्धिको हिसावले हेर्दा यो वर्ष वृहस्पति जेठ २९गते विहिबार पश्चिममा अस्ताउनेछन् र असार २२ गते आइतबार वृहस्पति पूर्वमा उदाउनेछन् । शुक्र ग्रह मार्ग २७ मा पूर्वमा अस्त, र माघ १५ गते पश्चिममा उदाउँछन् । ०८२ भाद्र शुक्ल पूर्णिमा तिथिमा भाद्र २२ गते खग्रास चन्द्रग्रहण छ र फाल्गुण पूर्णिमा १९ गते खण्डग्रास चन्द्रग्रहण छ । पहिलो ग्रहणले कुम्भराशि बढी कष्टकर र पछिल्लो ग्रहण सिँहराशिलाई कष्टप्रद छ । अर्को वर्ष जेठमा अधिकमास रहेको छ, अस्तू सबेको भलो होस् ।