प्रधानमन्त्री केपी शर्मा ओलीले दिए पदबाट राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।प्रधानमन्त्री ओलीको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्।प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्।जेनजीको आन्दोलन चर्कंदै गएको छ। प्रदर्शनकारीहरू सिंहदरबार, संघीय संसद परिसरलगायत क्षेत्रमा पुगेका छन् भने नेताहरूको घर पनि आगजनी गरेका छन्।