त्यो र यो दसैँ

अच्युतप्रसाद पौडेल ‘चिन्तन’
देशका विषयमा घोत्लिँदा घोत्लिँदै दसैँ बित्यो, तिहार आउँदा पनि हालत उही हो । त्यो दसैँमा टिकाको दिन शीतल निबास र निर्मल निबासमा प्रतीश्पर्धा रह्यो टिका दिन, कतै स्वेच्छाले गए कतै ऊर्दीले गए टिका लाउन । यो दसैँमा त्यस्तो भएन, लाए नलाएको पत्तै भएन, नलाउने घोषणा नै गरियो कतै । थोरै विजुली उत्पादन हुँदा पनि दसैका बेला प्रति दिन ५ सय मे वाट बत्ति खेर गएको कुरा सार्वजनिक भयो,तिनै कुलमान आज मन्त्री छन्, सालो लाई घोक्रेठ्याक लाइदिए उनले, कासमू विगार्ने लाई पनि भरखरै सरुवा गरिदिए, सासु र बुहारीको आलो पालो सत्तामा वितकै अनुभव हो । प्राधीकरण न महसूल घटाउँछ, न यसको प्रयोग हुने कलकारखाना नै खोल्छ सरकार, निजीक्षेत्र त आत्तिएकै हुन्, सबैजसो प्रतीरक्षात्मक भएर बसेका थिए, अब त एनसेल र टृंकलाइनका संरक्षकहरु ढलेका छन् बक्यौता उठ्ला आशा गरौँ तर तिनका पनि भवनहरु सुतेका छन् अहिले भाटभटेनी मात्रै सुतेन, धेरै सुते उद्यमी व्यापारहिरु, हामी भन्छौँ विशुद्ध पेशा गर, यस्तो पेशा गर्नेले राजनीतिको छाता नओढेकै राम्रो ।
चिनी नपाएर मात्रै त्यो दसैँ खल्लो भएको थिएन, साल्ट टृेडिँगको फाइल अर्थले रोकेर पनि थियो, अहिले त्यति असहज छैन तर तिहार खल्लो होला किनकि तिहारपछि नै अर्को चर्को आन्दोलन उठ्यो भने अन्यथा नमान्दा हुन्छ, प्रदेश खारेजी र पुराना संस्थाहरुको बहाली हुन सक्छ । शाकाहारीलाई माँसाहारीले जिते यो दसैँमा पनि, पशुअधिकारकर्मी, धर्मगुरु लगायत धेरै अल्पमतमा परे । नवरात्री नलाग्दै बझाँगमा भूकम्पले घर चिरा चिरा पार्यो, नेताहरुको हेलिकप्टरको थर्काइले थप चिराचिरा पार्दै रह्यो । जताततै मार हान्ने क्रममा धर्ती रोइन् र एकै दिन धादिँग केन्द्र विन्दु भई महाअष्टमीमा ७ पल्टसम्म धक्का दिइन्, ६ रेक्टर स्केल माथिकै भनियो भूकम्प, विदेशीहरुले ५ चानचून मात्रै भनिदिए । एकैदिन सात पल्टसम्म भूकम्पको धक्का हुँदा सबैतिर त्राहि माँ भयो र दसैँ थप खल्लो हुने त्रास रहिरह्यो । त्यसो त इजरायलबाट मरेका लास घरैमा आउने साइत पनि त्यसैदिन परेको थियो त्यो दसैँमा, यो दसैँमा ७५ करिव शवले उद्धार खोज्यो महामृत्युन्जय जप पाठ, पूजामै विते दिन नवरात्रि भरि, प्रहरी पनि मरे, अरु धेरै, सिँहदरबार संसद देखिएन पाताल भएको दसैँ हो यो , नेपाल नसुहाउँदा गगनचुम्बी भवनहरु ध्वस्त दसौ हो यो, सेवा प्रवाह र सुशासनका लागि यति विशाल भवन आबश्यक छैनन्, ऋणको भारी बोकाएर फेरि सिँहदरबारका लागि क्यू आर कोड वितरण भएको छ, जुन अनावश्यक हो । त्यो दसैँमा अझ खल्लो त के भने पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाले एकैपल्ट धर्ती छोडे । हो, मासु बढी स्वादिलो भएछ, विगतमाभैmँ अष्टमीकै दिन घाँटीमा हड्डी अड्केर कोही सिद्धिए पनि, काल कहाँबाट आयो पत्तै भएन ।
सबैतिर विदा थियो त्यो दसैँ पनि, तर सप्तरीमा बाटै छेकेर समूह बसिदियो, सडक बनाउदा ठेकेदार विवाद, सडकमै मान्छे पोखिँदा भीडले बाटो दिएन सडकमा एम्बुलेन्स अड्किँदा अस्पताल पुर्याउन नसकिएर एक बालक स्वाहा भए । त्यसो त खाल्डोको पानीमा डुबेर एक बालिकाको निधन पनि भयो, दसैँमै । भूकम्पमा दर्जनौँ घरहर ध्वस्त भए, भाग्ने क्रममा एक घाइते पनि भए । अघिल्लो दिन पूmलपाती भित्र्याइरहँदा कतै दुई पाँग्रेको ठक्करबाट साइकल यात्रीको अवशान भयो, मोटर साइकलबाटै खसेर अर्का एक व्यक्तिको अवशान भयो भने निर्माण सामग्री ओसारपसार गर्ने टिृप्परहरु त पहिले हत्यारो सावित भइसक्दा दसैँभरि नै तिन्ले चल्ने अनुमती नै पाएनन् । सहरलाई कर्मथलो बनाउँदै गरेका मानिस गाउँ जाँदा त्यो पनि एकैदिन काठमाडौँ छोड्नेको संख्या एक लाख हुँदा अचम्मै भयो दसैँका विवरण लामै रह्यो, यो दसैँमा पनि गाउँ जाने त धेरै नै भए, संघियता नामा मात्रको हुँदा ।
एम सि सि लाई धकेलाधकेल गर्दा पनि संसदमा छिरिसकेको तर बि आर आइको तय गर्न गएका गृहमन्त्री छिमेकी देशतिरै हिर्दयाघातमा परी अस्पताल भर्ना भए, टिकाको भोलिपल्ट मात्रै फर्किए त्यो दसैँमा, यो दसैँमा गृह मन्त्री कुना पसे, नयाँ जुझारु आए पनि खेतालाहरुलाई समात्न सकेका छैनन् । गुण्डु अभैm सान दिँदैछ । आम माफीबाट विरोध खेपिरहेका राष्टृपति भने पलान्चोक देवीतिर गुहार माग्न पुगे भने तमाम हिन्दुहरुको पर्व देखेर माओवादी दलमा धर्मनिरपेक्षता हटाउने बारे एक जनाले मत दिए रे, अरुले कुम हल्लाइ हल्लाइ सुनेको देखियो । काम सबै हिन्दु अनुकूल गर्ने, माम भने विदेशीको खाने भन्दै हिन्दु विरोधीहरुको स्वर पनि बाक्लै देखियो त्यो दसैँभरि । एन आर एन मा झाँक्र्री पर्वले पनि सोल्टी होटलमा प्रवेश पायो भने देश देशावर घुमे पनि नेपालीको शैलि उस्तै रहेको द्धैध चरित्र समानान्तर समिति बनाएर देखाइयो, सरकारले कसैलाई काखी च्याप्यो भन्ने आरोप पनि आयो । देशलाई माया गर्न छोडेर विदेशिएकालाई पनि सरकारले नागरिकता दिएर सम्मान गर्ने काम पनि त्यही दसैँमा भयो भने संसारकै गरिव भनी पहिले नै कहलिएको देशलाई एसियाकै गरिव कोटीमा राखिएको आइ एम एफको रिपोर्ट पनि त्यतिबेलै सार्वजनिक भइदियो । दसैँ नवरात्रि पाचौ दिन डोजरले ९२ वर्षीय वृद्धालाई अचार बनाइदियो भने गाजाक्षेत्रमा ७ सय बालबालिका सहित २२ सय मानिस हताहत भएको खवर बाहिर आयो र ५ जना त एउटै अस्पतालमा आक्रमणकारीको निशानामा परे । इजरायल जानेमा वेलायती ऋषि शुनक मात्रै परेनन्, अमेरिकी वाइडेन र हाम्राले पनि केही मान्छे ल्याए त्यहाँबाट, केहीलाई छिमेकीले ल्याइदियो । सरकार व्यापार र कर कलेक्सनको काम मात्रै गर्दै रह्यो त्यो दसैँमा र यो दसँैमा जनमाराहरुले सुरुँगमा डलर र सुन फलेको देखाए । त्यो दसैँमा भान्छामा भ्याट लाउने सरकारलाई धेरैले अन्धो भनिदिए, ग्याँसमा भाउ घटाएको भए केही राहत हुन्थ्यो दसैँको पूर्व सन्ध्यामा धेरै सवारी नचल्ने र इन्धनको खपत नै नहुने बेला इन्धनमा थोरै रकम घटाइयो, अहिलेकालाई राजनीतको पृष्ठपोषण गर्नु नपरेकाले २ पल्ट भाउ बढेर आए पनि भाउ बढाएनन् यो दसैँमा । । मान्छेको व्यापार गरिहेका बखत यति नै बेला २ महिनामा २ खर्ब ५० करोडको विप्रेषण आयो, अलिे पनि त्यस्तै देखियो । छोरो आउला दसँैको टिका लाउन भनी आमाबाबु रोइरहँदा, बाटो कुरिरहँदा सरकारलाई मोटो विप्रेषणको थैलो पो आएछ, लास त हरेक दिन आउने गरेकै हो ।
कैदमाफी पाएकाले रुकुममा मान्छे काटे, आममाफी दिनेलाई पटक्कै ग्लानि भएन, यो लोकतन्त्रको सुन्दर रुप भयो । मुस्ताँग पुगेर हेलिकप्टरले वाढी पहिरोको दृश्यावलोकन गरिदियो भने राजाको शैलिमा ५० करोडको वर्षा हुने आदेश पनि जारी भयो, आँसु पुछ्नैका लागि । दसैँ लाग्दै गर्दा खालि कागजमा गठबन्धन नभत्कने घोषणा भयो भने कोसी प्रदेशले अचम्मको लोकतन्त्र देखायो, त्यसको परकम्पन होला कि भन्ने शंका पनि रह्यो, टृक र स्कुटी जुद्धा झापामा २ जनालाई निलेको दसैँ टिकाकै दिन मकवानपुर मनहरीमा भारतीय १३ तीर्थयात्री सवारीकै कारण घाइते भए । यता टिकाको दिन पूर्वराजालाई गद्दीमा राख्नेहरु पनि धेरै देखिए । बालेनले दसैँमा सफाइको काम निरन्तर गरिरहे भने प्रत्यक्ष कार्यकारी चुनिने प्रणाली आयो भने यहाँ प्रतीश्पर्धी धेरै नै हुने छाँट आइसकेथ्यो, यो दसँैमा पनि यो वहस भइरह्यो । दसैँ पूजा, मूर्ति सेलाउँदा रुपन्देहीमा कसैको देह उत्सर्जन भयो, त्यो पनि एक मात्र होइन । दोलखामा एक बोलेरोले २ जना निल्यो भने वैतडीमा भीरले खाइदियो ३ जनालाई । बाँकेमा सामाजिक सद्भाव खल्बलिएको हो पहिले, कप्र्mयु नै लागेको दसैँअघि, प्रशासनले पूरै एक दिन मदिरामा कपर््mयू लाइदियो । सप्तरीको कालरात्री पूजाकै दिन कैलालीमा एक मोटरसाइकलले साइकल यात्रुलाई खाइदियो भने मकवानपुरम एक मोटरसाइकल खस्यो, एक जनाले मोक्ष प्राप्ति गरे, धर्तीबाट विदा भए, यो दसैँमा पनि छिटपूmट भए हेभी भएको छैन ।
जनता सुक्ने नेता फुक्ने गणतन्त्र, संघीयता र लोभतन्त्रले देशलाई कहाँ पुर्याउला ? अहिले नै नेपालीका कुनै घरमा परदेश नगएको मान्छे छैन, गोठ, घर, किला दाम्ला, खेत, बारी त धुरुधुरु रोइरहेका छन् । पंक्तिकारकै भन्ने हो भने सार्वजनिक बसमा आपूmसंग भए भरको पैसा लुटियो, पर्स पनि त्यसैमा पर्दा भएका खातापाता चेकबुक, साँचो, त्यसैमा परेकाले केही दिन अलमस्तमा पर्नु परयो त्यो दसौमा यो दसौमा अहिलेसम्म कम से कम mुटिएको छैन तर प्रहरी नहुँदा घर घरै गस्ती भने चलि नै रहेको छ । विट बनाउन र खाद्यान्न भन्दै प्रहरीहरुका लागि केही दिनु भने परेकै हो ।