काठमाडौं, हेलोवीनको अवसर पारेर काठमाडौंको रसियन हाउसमा शुक्रबारबाट काठमाडौँ हरर फिल्म फेस्ट सुरु भएको छ । यस प्रकारको हरर फिल्म फेस्ट काठमाडौंमा पहिलो पटक आयोजना गरिएको हो । महोत्सवको शुक्रबार रुसि सांस्कृतिक केन्द्रमा ओपचारिक कार्यक्रम गरि सुरु गरियो ।
नेपाल फिल्म एण्ड कल्चर एकेडेमी (एनएफसीए) ले रसियन हाउस र रुसी दूतावासको सहकार्यमा महोत्सवको आयोजना गरेको आयोजकले जनाएका छन । शुक्रबार बाट सुरु गरिएको तीन दिने महोत्सवले नेपाली फिल्म उद्योगमा डर, रहस्य र कल्पनाको कलालाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको एनएफसीएका उपाध्यक्ष शिव पुरीले बताए। उद्घघाटन समारोहमा महोत्सव निर्देशक रसिक पाठकले भन्नु भयो, “नेपाली चलचित्रहरूले प्रेम, समाज र आध्यात्मिकताको विषयवस्तुको खोजी गरेका छन्। तर आज हामी डर, रहस्य र कल्पनाको नयाँ क्षेत्रमा प्रवेश गरेका छौं। डर भनेको केवल भूत र छायाँको बारेमा होइन; यो हाम्रो भित्र र वरपरको अज्ञातको सामना गर्ने बारेमा हो।”
पाठकका अनुसार, हेलोवीनमा सुरु भएको यो महोत्सवले नेपाली कथाकारहरू र अन्तर्राष्ट्रिय डरलाग्दा उत्साहीहरू बीच सांस्कृतिक पुल निर्माण गर्न सहयोगि बन्ने छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले हेलोवीन र नेपालका परम्परागत चाडपर्वहरू जस्तै गाईजात्रा र गथे मंगल बीच समानताहरू चित्रण गर्नु भयो ।
उहाँले “संसार एक हो, डर र साहस जस्ता भावनाहरू विश्वव्यापी छन् भन्दै भौतिकवादले भरिएको यस युगमा पनि, यस्ता चाडपर्वहरूले मानव सम्बन्धलाई जोगाउँछन् र रचनात्मक सम्बन्धहरूलाई बलियो बनाउँछ । डिसीले चलचित्र विकास बोर्डले नेपालभरका चलचित्र महोत्सव आयोजकहरू बीच सहकार्य बढाउने योजना बनाएको पनि घोषणा गर्नु भयो ।
बरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले महोत्सवको प्रशंसा गर्दै यसलाई उत्कृष्ट पहल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानको लागि एक अद्भुत प्लेटफर्म भएको बताउनु भयो ।
रसियन सांस्कृतिक केन्द्रका डाईरेक्टर एलेस्थीसीया ककोलोभाले यस्ता कार्यक्रमल सांस्कृतिक आदानप्रदानको लागि सहयोगी हुने बताउदै रुसले फिल्म सम्वन्धी उच्चशिक्षा अध्यन गर्ने नेपालबाट पढ्न जाने बिद्यार्थीलाई छात्रबृतिको ब्यवस्था गरेको जानकानरी दिनु भयो । उहाँले रुसमा गएर फिल्म निमार्ण सम्वन्धी पछिल्लो प्रबिधि सिक्न सकिने पनि बताउनु भयो ।
यो महोत्सवमा १५ बटा देशका २५ बटा फिल्म प्रदर्शन हुने आयोजकले जानाकारी दिए । फिल्महरु धेरै उत्कृष्ट रहेको जुरी मेम्वर राजभाई सुवालले बताउनु भयो ।
फिल्म महोत्सवको उद्धघाटनमा मिखाइल मज्र्लिकिनद्वारा निर्देशित फिल्म “शामन“ (रूस, ९० मिनेट) पर्दशन गरिएको थियो ।


















