शिक्षामन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती हटाउनेबारे सरकारले कुनै निर्णय नगरेको बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै उनले सुकुम्वासी बस्ती हटाउने विषयमा कुनै निर्णय नभएको बताए ।
प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार साँझ सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै शनिबार र आइतबार काठमाडौँसहित देशभरको सुकुम्वासी बस्ती हटाउन निर्देशन दिएका थिए ।
तर सरकारका प्रवक्तासमेत रहेका पोखरेलले यस विषयमा कुनै जानकारी नरहेको बताए।


















