हाम्रो शरीरको विभिन्न स्थानमा दाग तथा कोठीहरु हुन्छन् । के ति कोठीहरुले कुनै शुभ वा अशुभ फल प्रदान गर्दछ रु यस सम्बन्धमा मसुन्द्र शास्त्रमा शरीरमा भएको कोठी वा चिन्हका आधारमा व्यक्तिको भाग्य र भविष्य विश्लेषण गरिएको छ । शरीरमा हुने कोठीको आधारमा शारीरिक, आर्थिक तथा नैतिक चरित्रको पनि विश्लेषण गर्न सकिन्छ । अनुहारमा देखिने कोठीले त मानिसको सुन्दरमा बढाउँन पनि मद्दत गरेको हुन्छ । जन्म जात हुने कोठी वा चिन्हले व्यक्तिको हाउभाउ तथा उसले दैनिक जीवनमा गरिने कामको संकेत गर्दछ । मानिसले कुनै नयाँ काम गर्न खोज्दा चिन्ह, कोठी तथा रेखाहरु देखिने तथा केहि समयपछि आफै हराएर पनि जाने हुन्छ । शरीरको कुन ठाउँको कोठीले कस्तो प्रकारको संकेत गर्दछ यसको बारेमा विश्लेषण गर्न गईरहेका छौँ ।
टाउकोमा कोठी ः टाउकोमा पनि कोठी हुन्छ । कपाल खौरिएको अवस्थामा यसलाई स्पष्टसँग देख्न सकिन्छ । यदि टाउकोको दायाँ स्थानमा रातो वा हरिको कोठी छ भने त्यस्ता व्यक्ति राजनीतिमा सफल हुन्छन् । समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा समेत कमाउँदछन् । टाउकोको पछाडिपट्टी कोठी छ भने यस्ता पुरुषहरु महिलासँग निकै नजिक हुन्छन् । यी व्यक्तिले पैसा त टन्नै कमाउँछन् तर उनको समाजमा राम्रो नाम हुँदैन । यदि कोठी टाउकोको बायाँ भागमा छ भने प्रायजसो आर्थिक संकटको सामाना गर्नुपर्ने हुन्छ । आध्यात्मिक जीवनको नेतृत्व गर्छन् भने साहित्यमा पनि रुची राख्छन् ।
निधारमा कोठीः निधारको मध्य भागमा रहेको कोठी प्रेमको निशानी हो । निधार ठूलो छ र यसको दाहिनेतर्फ कोठी छ भने यसले धनलाई सूचित गर्छ । यस्ता व्यक्ति समाजमा नाम तथा दाम दुवै कमाएर प्रतिष्ठित हुन्छन् । यी व्यक्तिले अरुलाई पनि सहयोग गर्छन् र भगवानप्रति आस्थावान् हुन्छन् । निधारको दाहिनेतर्फको कोठीले कुनै विशेष कुरामा निपुणता दर्साउँछ भने बायाँ तर्फको कोठी फजुलखर्चको प्रतिक हो । यस्ता व्यक्तिहरु स्वार्थी हुने भएका कारण उनीहरुलाई कसैले पनि सहयोग गर्दैनन् र गन्दैनन् । निधारको सबैभन्दा माथिपट्टीको दायाँ भागको कोठी धन वृद्धिकारक हुन्छ भने बायाँ तर्फको कोठी घोर निराशापूर्ण जीवनको संकेत गर्दछ ।
आँखी भौँको कोठीः दुबै आँखी भौंमा कोठी हुने व्याक्तिहरु यात्राशिल हुन्छन् । आँखी भौँको बीचमा कोठी छ भने त्यस्ता व्यक्ति नेतृत्व गर्नसक्ने क्षमताका हुन्छन् । उनीहरुले समाजमा नाम र दाम दुवै कमाएका हुन्छन् । आँखी भौँको दाहिने कोठी सुखमय र बाँयापट्टीको दुःखद दाम्पत्य जीवनको संकेत हो । दायाँ आँखीभौँमा कोठी भए चाँडै विवाह हुन्छ । ती व्यक्ति विवाहपछि भाग्यमानी हुन्छन् । यस्ता पुरुषले आफ्नी महिलाको नाममा लगानी गर्दा राम्रो हुन्छ ।
आँखाको नानी भित्रको कोठी ः दायाँ नानीभित्र कोठी छ भने उक्त व्यक्तिको विचार उच्च हुन्छ । आँखाको नानीमा कोठी हुने मानिसहरु सामान्यतयाः भावुक हुन्छन् ।
परेलामा कोठी ः आँखाको परेलामा कोठी हुने मानिसहरु संवेदनशील हुन्छन् । दायाँ परेलाको तुलनामा बायाँ परेलामा कोठी हुने मानिसहरु बढि संवेदनशील हुन्छन् ।
नाकमा कोठी ः नाकमा यदि कोठी छ भने उक्त व्यक्ति छिट्टै सोच्ने र छिट्टै रिसाउने किसिमका हुन्छन् । यस्ता व्यक्तिहरुको उच्च आत्मसम्मान हुन्छ । नाकको दायाँपट्टीको भागमा कोठी छ भने थोरै मेहेनत गरेर पनि धेरै पैसा कमाउन सक्ने बताउँछ ।
ओठमा कोठी ः ओठमा माथिल्लो भागमा कोठी हुने व्यक्ति निकै प्रेमिल स्वभावका हुन्छन् । तर विलासीका सामान र महिलाहरुमा यस्ता व्यक्ति आशक्त हुन्छन् । ओठको तल्लो भागमा कोठी हुने व्यक्तिले मिठो खानेकुरा मनपराउँछन् । यस्ता व्यक्तिको अभिनय र थिएटरमा समेत रुची हुन्छ ।
कानमा कोठी ः कानको कुनै पनि भागमा कोठी छ भने धनी तथा उनीहरुको जीवनशैली भव्य हुन्छ । यस्ता व्यक्तिहरु अन्धधुन्ध पैसा खर्च गर्छन् । कानको पछाडि कोठी छ भने त्यस्ता मानिसहरुले रितिरिवाजको निकै ख्याल राख्छन् । उनीहरुले उच्च घरानाकी श्रीमती पाउँछन् ।
गालामा कोठी ः गालामा यदि तपाईंको रातो कोठी छ भने यसले शुभ फलको संकेत दिन्छ । गालाको दायाँ भागमा कोठी हुने व्यक्ति निकै संवेदनशील हुने जसले घरपरिवारलाई निकै सम्मान दिन्छन् । यस्ता व्यक्तिले आफ्नी श्रीमती र आफन्तलाई निकै माया गर्छन् । यस्ता व्यक्तिले निकै सुखमय र लामो जीवन बाँच्छन् । बायाँ गालामा कोठी भएकाहरु अन्तरमुखी स्वभावका र रिसालु हुने दर्साउँछ । उनीहरुले जीवनमा धेरै संघर्ष झेल्नुपर्ने हुन्छ । तर आफ्नो सन्तानका कारण बुढ्यौलीमा भने उनीहरु खुसी हुन्छन् ।
मुख वरिपरि कोठी ः मुख वरिपरिको कोठीले महिला तथा पुरुष दुबै सुखी सम्पन्न र सज्जन हुने सूचक हो । मुखमा कोठी भएको व्यक्तिहरु भाग्यमानी हुन्छन् । उनका जीवनसाथी सज्जन हुन्छन् ।
ओठमा कोठी ः ओठको बिचमा कोठी छ भने यसले शिक्षामा संघर्ष गर्नुपर्दछ । यस्ता व्यक्तिहरु प्रष्टसँग बोल्न हिच्किचाउँछन् र उनीहरुले स्वास्थका कारण पनि धेरै समस्या झेल्नुपर्ने हुन्छ ।
ओठको टुप्पोमा कोठी भएकाहरुले पनि मानिसहरुलाई आफ्नो भाषणले सजिलै मन्त्रमुग्ध पार्नसक्छन् । यस्ता व्यक्तिहरु वुद्धिमान र कूटनितिज्ञ हुन्छन् । यस्ता व्यक्तिलाई मिठो खाना मनपर्छ र उनका सन्तानको राम्रो भविष्य हुन्छ ।
घाँटीमा कोेठी ः घाँटीको पछाडि कोठी हुने मानिसहरु रिसालु प्रवृत्तिका हुन्छन् । साधारणतया यस्ता व्यक्तिहरु ‘एन्टी सोसल’ गतिविधिमा संलग्न हुन्छन् । घाँटीको अग्र भागमा कोठी छ भने यसले राम्रो स्वर भएको कलात्मक व्यक्तित्वको परिचय दिन्छ । यस्ता पुरुषको विवाहपछि राम्रो हुन्छ ।
काँधमा कोठी ः दायाँ काँधमा कोठी भएका मानिसहरु बलवान् र साहसी हुन्छन् जो आफ्नो काम नसकि सुत्दैनन् । बायाँ काँधमा कोठी हुनेहरु अरुसँग झगडा गर्न तम्सन्छन् ।



















