आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा

नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका सर्लाहीका विवेक मण्डलका सन्तानको शिक्षा–दीक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

मण्डलको निधनप्रति दुःख व्यक्त गर्दै थापाले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। कठिन समयमा आफू परिवारको साथमा रहेको उल्लेख गर्दै उनले मण्डलका सन्तानको शिक्षामा निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता परिवारलाई जानकारी गराइसकेको बताएका छन्।

सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको सोमबार बिहान २ः४० बजे उपचारका क्रममा निधन भएको थियो।