पाल राष्ट्र बैंकले अफसेट प्रेस खरिद गर्ने भएको छ । केन्द्रीय बैंकले प्रेस खरिदका लागि सार्वजनिक बोलकबोल आह्वान गरेकोमा आवेदकहरूमध्येबाट इलिमिच इन्टरनेसनल प्रालि बानेश्वरलाई खरिदकर्ता छनोट गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको १ करोड ७४ लाख ५७ हाजर ४३९ रुपैयाँ ४५ पैसा बराबरको ठेक्कालाई केन्द्रीय बैंकले स्वीकृत गरेको हो । कम्पनीले अफसेट प्रेस खरिदका सबै प्रक्रियासँगै ढुवानी र प्रेसको आवश्यक परीक्षणसमेत गर्नेछ ।
केन्द्रीय बैंकले आवश्यक अफसेट प्रेस मेसिन खरिदका लागि विद्युतीय बोलपत्रको माध्यमबाट ३० वैशाख, २०८३ मा सार्वजनिक बोलकबोल आह्वान गरेको थियो ।


















