राप्रपा छोडेर छुट्टै अभियान सञ्चालन गरिरहेका डा धवल शमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ पार्टी गठन गरेका छन् । उनीहरूले पार्टीको नाम जय नेपाल पार्टी तय गरेका छन् । पार्टीको सभापति धवल शमशेर जबरा र सर्वोच्च नेता दुर्गा प्रसाईं रहने भएका छन् ।
दल दर्ताका लागि उनीहरू साउन २८ गते निर्वाचन आयोग जाने तयारी गरेका छन् ।
कतिपयले भने नेपाली कांग्रेस र नेपाल प्रहरीले समेत ‘जय नेपाल शब्द प्रयोग गर्ने गरेकोले आयोगले मान्ला कि नमान्ला भन्ने आशंका गरेका छन् । गाई चिन्ह्रको बारेमा समेत यस्तै विवाद उठे पनि त्यस बेला भने आयोग राप्रपालाएई गाई चिन्ह्र दिएको थियो ।


















