प्रतिनिधिसभाको आगामी एक महिनाको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको यही १५ साउनदेखि १५ भदौसम्मको कार्यतालिका सार्वजनिक भएको हो ।
कार्यतालिकाअनुसार साउन महिनामा अब ४ दिन र भदौको पहिलो १५ दिनमा ६ दिन गरी जम्मा १० दिन प्रतिनिधिसभा बैठक बस्नेछ । सम्भावित कार्यतालिकाअनुसार २२, २४, २५ र २६ साउनमा बैठक बस्नेछ । त्यस्तै, भदौ १, २, ३, ८, ९ र १० भदौमा बैठक बस्नेछ ।
प्रतिनिधिसभाको यो अवधि विधेयकहरू पारित गर्ने र महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौताहरूमाथि छलफल गर्ने कार्यमा केन्द्रित हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । कार्यतालिकाअनुसार २४ साउन र ४, ५, ६ र ७ भदौमा संसदीय समितिका बैठकहरूका लागि समय छुट्याइएको छ ।


















