अच्युतप्रसाद पौडेल ‘चिन्तन’
श्रावण मास विशेष शिव आराधना हुँदैछ । भगवान शिव पार्वतीलाई भन्नुहुन्छ । हे देवी तिमीलाई रुद्राक्षको महिमा बताउँछु । रुद्र भोलेबाबा, अक्ष आँसु जसको आँखा रसाए, रुद्राक्ष भयो, शिव वीर्यबाट भने स्वर्णादि तमाम धातु, मेटल बनेका हुन्, खानिहरु । रुद्राक्षको महिमा श्रवण गर्नाले भक्तकोे इच्छा पूर्ण हुन्छ । एकपटक शिवजी मनलाई संयम गरी तपस्यामा रत हुनु भएछ । तपवाट निद्रा खुल्दा नेत्रपुटवाट जलका थोपा झरेछन् । शिवका आँखावाट झरेका आँसुबाट रुद्राक्ष नामक वृक्ष पैदा भएछ, भक्तका अनुग्रहका लागि स्थावर भावमा प्राप्त भएको रुद्राक्ष, भगवानले वैष्णवहरुलाई बाँडिदिनुभएछ । ४ वर्र्णका सवैलाई बाँडिएछ । प्रिय रुद्राक्ष भगवान्ले गौड देशमा उत्पन्न गराउनुभएको हो । मथुरा, अयोध्या, लंका, मलयाचल, महागिरी, काशी र अन्यत्र क्षेत्रमा त्यो वृक्षको अंकुर बढ्न थाल्यो, हामीकहाँ पूर्वतिर धेरै रुद्राक्ष पाइन्छ । वर्ण भेदअनुसार ब्राह्मणलाई सेतो, क्षत्रीयलाई रातो, वैश्यलाई पहेँलो र शुद्रलाई कालो वर्णको रुद्राक्ष उत्तम हुन्छ । रुद्राक्षको धारणले भोग र मोक्ष दुवै मिल्छ । आकारमा रुद्राक्ष अमलाको आकारको श्रेष्ठ हुन्छ, वयरको गेडा जत्रो रुद्राक्ष मध्यम, चनाको आकारको रुद्राक्ष निम्न कोटीको हुन्छ । बयरको गेडा आकारको रुद्राक्ष मध्यम भए पनि यसले सुख र सौभाग्य प्राप्ति गराउँछ । अमलाको गेडा आकारको रुद्राक्षले सवै अरिष्ठको नाश गर्छ । सानो आकारको रुद्राक्षले सिद्धि प्राप्त गराउँछ । जति रुद्राक्ष सानो हुन्छ त्यति यसको फल वढी हुन्छ । रुद्राक्ष धारण गर्नाले शरीरका पाप नाश हुन्छन् सवै किसिमका अभिष्ट मनोरथ पूर्तिका लागि साधकले रुद्राक्षको धारण गर्नु पर्छ । सानो दाना, हेर्दा कांडा जस्तो देखिने रुद्राक्षले अभिलक्षित फल दिन्छ । टुटेफुटेको, किराले खाएको, प्वाल परेको पुरै गोलाकार नभएको यस्तो रुद्राक्षलाई स्वीकार्नु हुँदैन । रुद्राक्षमा जसले प्वाल पारेको हुन्छ त्यो मध्यम श्रेणीको हुन्छ । ११ सय रुद्राक्ष धारण गर्ने व्यक्तिको त सयौं वर्षसम्म पनि प्ुण्य वर्णन गर्न सकिँदैन । साँढे ५ सय रुद्राक्षको दानाको मुकुट बनाएर शिरमा धारण गर्नाले सांढे तीन सय दानाको हार बनाएर माला लगाउनाले, जनै बनाएर लगाउनाले साच्चै शिवमय बनिन्छ । रुद्राक्ष धारण गर्ने व्यक्तिले मदिरा, मांस भक्षण गर्नु हुन्न ।
एक मुखे रुद्राक्ष शिवको साक्षात् स्वरुप हो, यसले भोग र मोक्ष दिन्छ । जहाँ रुद्राक्षको पूजा हुन्छ, त्याहाँ लक्ष्मी स्थीर हुन्छिन्, रुद्राक्ष वरिपरि रहेका सारा उपद्रवहरु नाश हुन्छन् । २ मुखे रुद्राक्षलाई देवेश्वर भनिन्छ, यसले कामना तृप्ति गराउँछ । ३ मुखे रुद्राक्षले साधनको फल दिन्छ, यसबाट विद्या प्रतिष्ठित हुन्छ । ४ मुखे रुद्राक्ष स्वयं ब्रह्माको रुप हो, यसको दर्शन, स्पर्शले शीघ्र धर्म, अर्थ, काम, मोक्ष, प्राप्त हुन्छ । ५ मुखे रुद्राक्ष कालाग्नि रुद्र हो, यसले सबै कार्य सिद्धि गराउँछ, मनोवाञ्छित फल दिन्छ, जीवको सवै पाप हरण गर्छ । ६ मुखे रुद्राक्ष कार्तिकेयको रुप हो । दायाँ हातमा यसलाई धारण गर्नाले ब्रह्महत्या दोष मेटिन्छ । सात मुखे रुद्राक्ष अनङ्ग स्वरुप हो, यसले दरिद्रता नाश हुन्छ, व्यक्ति एैश्वर्यशाली बन्छ । ८ मुखे रुद्राक्ष अष्टमुर्ति भैरवको रुप हो जसले पूर्ण आयु दिन्छ, मृत्युपछि जीव शुलधारी शिव हुन्छ । ९ मुखे रुद्राक्ष भैरव र कपिलमुनिको प्रतीक हो, जसले माहेश्वरी देवी दुर्गा प्रशन्न हुन्छिन् । १० मुखे रुद्राक्ष विष्णुको रुप हो, जसले कामना तृप्ति हुन्छ । ११ मुखे रुद्राक्ष रुद्र स्वरुप हो यसलो र्वत्र विजयी गराउँछ, यो आदित्य स्वरुप हो । १३ मुखे रुद्राक्ष विश्वदेव हो जसले अभिष्ट पूर्ति हुन्छ, सौभाग्य र मंगल पनि । १४ मुखे रुद्राक्ष परम शिवमय हो यसले सबै पाप नाश हुन्छ । १४ किसिमका रुद्राक्ष धारणाका अलग मन्त्रहरु छन्, यस प्रकार । १ मुखेको लागि ॐ ह«ीं नमः,२ मुखेको लागि ॐ नमः,३.मुखेको लागि ॐ क्लीं नमः,४ मुखेको लागि ॐ ह«ीं नमः,५ मुखेको लागि ॐ ह«ीं नमः, ६ मुखेको लागि ॐ ह«ीं हुं नमः,७ मुखेको लागि ॐ हुं नमः, ८ मुखेको लागि ॐ हुं नमः,९ मुखेको लागि ॐ ह«ी हुं नमः, १० मुखेको लागि ॐ ह«ी नमः, ११ मुखेको लागि ॐ ह«ी हुं नमः,१२ मुखेको लागि ॐ क्रौं, क्षौं, ह«ौंं नमः,१३ मुखेको लागि ॐ ह«ँी नमः, १४ मुखेको लागि ॐ नमःर रुद्राक्षको धारणले पाञ्चायन देवता– शिव, गौरी, गणेश, विष्णु, सूर्य खुशी भई् पंचतत्वको शरीर शुद्धि हुन्छ ।
हाम्रा आराध्यदेव शिव पशुपतिनाथका रुपमा यहाँ छन्, जताततै स्थानीय उत्पादन रुद्राक्षाको विक्री वितरण भइरहेको छ, बाह्यभन्दा स्थानीय नै बढी प्रयोगमा आउनु पर्छ । यसले आन्तरिक बजारीकरण, रोजगारी, बाह्य वजारीकरण हुन्छ । अर्थतन्त्रमा यसले धेरै टेवा सेवा दिन सकेको छ । सरकारी स्तरबाटै यसमा पहल जरुरी छ, घर घरमा रुद्राक्ष राख्नेहरु हामी धेरै छौँ । अरु वृत्तचित्र आदि जस्तो धेरै महँगो पनि छैन । राज्यले रुद्राक्षको बोट रोपण, किसनाको संरक्षण, वजारीकरणमा ध्यान दिनु पर्छ, स्थानीय पालिकाहरुले रोजगारी सिर्जना गर्न सक्छन् यसबाट । धार्मिक, आध्यात्मिक जगेर्ना हुन सक्छ ।
लेखकः शिवभक्त, पुराण वाचक, धर्मिक, सामजिक, आध्यत्मिक अभियन्ता हुनुहुन्छ । उहाँ गोकर्णेश्वर नगरपालिकाका आध्यात्मिक अनुसन्धान एवं जागरणका संयोजक हुनुहुन्छ ।



















