बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले बुटवल र भैरहवामा सिधै ग्यास वितरण सुरु गरेको छ । मंगलबारदेखि बुटवलको बाल मन्दिर र भैरहवास्थित राष्ट्रिय खाद्य तथा व्यापार कम्पनीको परिसरबाट बिहान ९ बजेदेखि ग्यास वितरण भइरहेको छ।
निगमले विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, किरियापुत्री तथा लामो समयदेखि ग्यास नपाएका उपभोक्तालाई प्राथमिकतामा राखेको छ।


















