पाकिस्तानमा फेरि पेट्रोल र हाइ–स्पीड डिजेलको मूल्यमा भारी वृद्धि भएको छ । पेट्रोलियम डिभिजनद्वारा जारी गरिएको नयाँ सूचनाअनुसार देशमा इन्धनको मूल्य फेरि उकालो लागेको हो । नयाँ निर्णयअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ ४२ पैसाले वृद्धि गरिएको छ ।
मूल्य वृद्धिसँगै अब पाकिस्तानमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर ३८० रुपैयाँ २४ पैसा पुगेको छ।त्यसैगरी, हाइ–स्पीड डिजेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ १० पैसाको बढोत्तरी गरिएको छ। यस वृद्धिसँगै डिजेलको नयाँ मूल्य प्रतिलिटर ४०९ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।


















