नेकपा एमाले पुनर्गठन कार्यदलको बैठकले पार्टी पुनर्निर्माणसम्बन्धी तीनवटा अलग–अलग प्रतिवेदनलाई मर्ज गर्ने सहमति जुटाएको छ । उपाध्यक्ष रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेल र अर्का नेता प्रदीप ज्ञवालीको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति भएको हो ।
तीनवटै प्रतिवेदनको मस्याैदालाई एकीकृत गर्ने र हाललाई पुनर्गठनको विषय समावेश नगर्ने सहमति जुटेको बताइएको छ । योसँगै नेतृत्वबाट केपी शर्मा ओलीलाई बिदा गर्ने विषय हाललाई मत्थर भएको एक नेताले जानकारी दिए ।


















