गृहमन्त्री गुरुङद्वारा राष्ट्रियसभामा प्रस्तुत हुन नसकेका विभिन्न मन्त्रालयका प्रश्नका उत्तर टेबल

गृह मन्त्रालयसँग सम्बन्धित राष्ट्रियसभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर गृहमन्त्री सुधन गुरुङले सभामा टेबल गरेको छ । यसैगरी अर्थ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर पनि गृहमन्त्री गुरुङले नै सभासमक्ष टेबल गरेको थियो ।

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३, निर्वाचन आयोग नेपालको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा मुस्लिम आयोग नेपालको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरे ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गरे।