शीतलनिवासमा राष्ट्रपति र सभामुखबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले आज शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवनमा भएको भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु)को १५३औँ महासभामा सहभागी हुन आफू आइतबार प्रस्थान गर्न लागेको जानकारी राष्ट्रपतिलाई गराए ।

भेटमा आईपीयु महासभामा नेपालको सहभागिता तथा प्रतिनिधित्वका विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।