skip this काठमाण्डौं महानगरपालिका ११

जिपले मोटरसाइकललाई ठक्कर दिँदा बाबुको मृत्यु, छोरी घाइते

चितवनमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको छ भने उनको छोरी घाइते भएकी छन् । प्रहरीका अनुसार मंगलबार साँझ भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित शरणपुरबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०१ च ११९७ नम्बरको जिपले बा.प्र.००३ प ८६२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाँउका ४१ बर्षीय मधुसुदन खत्रीको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि बसेकी मधुसुदनकी १५ बर्षीया छोरी अपेक्षा खत्री गम्भीर घाइते भएकी छन् । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ठक्कर दिने सवारी चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।