साउदी अरबको राजधानी रियादस्थित ८० तले पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) टावरमा मंगलबार भएको आक्रमणमा तीन नेपालीसहित ११ जना घाइते भएका छन् ।
साउदी नागरिक सुरक्षा निकायका अनुसार घाइते हुनेमा तीन नेपाली, दुई साउदी, दुई भारतीय र चार इजिप्टका नागरिक रहेका छन्। स्थानीय सञ्चारमाध्यमले तीन नेपाली घाइते भएको पुष्टि गरे पनि उनीहरूको पहिचान र अवस्थाबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।

















